समाचार

शवसहित जनकपुरधाममा मिटरब्याज पीडितको प्रदर्शन

By खबरहब

August 01, 2024

जनकपुरधाम– आइतबार कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका- २ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित जनकपुरधाममा मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका छन् । 

बिहीबार ठाकुरको शव लिएर मिटर ब्याज पीडितहरूले जनकपुरधाममा प्रदर्शन गरेका हुन् । मंगलबारदेखि स्वर्गद्वारीमा शव राखेर धर्ना दिएका मिटरब्याज पीडितहरूले बिहीबार जनकपुरधाम बजारमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले ठाकुरको शव ट्याक्टरमा राखेर जनकपुरधामको विभिन्न चोक हुँदै मुख्यमन्त्री कार्यालय तर्फ गएकोमा प्रहरीले उनीहरूलाई रोकेका थिए ।