काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर बिहीबार जावलाखेल लगिएको छ ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । जाउलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिनेछ ।