सांकेतिक तस्बिर

समाचार

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

By खबरहब

August 01, 2024

झापा – झापाको हल्दिबारीमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

हल्दिबारी गाउँपालिका–५ सोडागान्धी चोकस्थित हुलाकी राजमार्गमा बिहीबार साँझ ७ः१५ बजे राजगढवाट जलथलतर्फ जाँदै गरेको गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलवाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

दुवै जना मृतकको पहिचान खुलेकाे छैन । दुर्घटनामा अन्दाजी २५ देखि ३० वर्षका दुवैलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

पिकअप र पिकअप चालक भद्रपुर नगरपालिका २ बस्ने ३७ वर्षीय दिपेन राईलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।