खेलकुद

स्पेनिस ला लिगा : भालाडोलिडविरुद्ध बार्सिलोनाको ७ गोल

By खबरहब

September 01, 2024

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा भालाडोलिडलाई ७–० गोलले पराजित गर्दै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाले पहिलो हाफमा तीन तथा दोस्रो हाफ चार गोल गरेको थियो । जारी ला लिगामा यो फराकिलो गोल अन्तर हो ।

बार्सिलोनाका लागि राफिन्हाले ह्याट्रिक गरेका थिए । यस्तै, रोबर्ट लेवान्डोवस्की, जुलेस कोउन्डे, ड्यानी ओल्मो र फेरान टोरेसले एक–एक गोल थपे ।

योसँगै लगातार चार खेल जितेको बार्सिलोना १२ अंक जोडर तालिकाको शीर्षस्थानमा रहेको छ । चार अंक भएका भालाडोलिड १४औँ स्थानमा छ ।