समाचार

रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

By खबरहब

September 01, 2024

चितवन– भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम भइरहेको बताए । अवरुद्ध सडक खुलाउन केही समय लाग्ने उनको भनाइ छ ।