आर्थिक

एनएमबी बैङ्कले १०० रुपैयाँ अङ्कित अग्राधिकार शेयर जारी गर्ने

By खबरहब

September 01, 2024

काठमाडौं– एनएमबी बैङ्क लिमिटेडले अग्राधिकार शेयर जारी गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँका दरले ३ करोड कित्ता अर्थात ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको हो ।

बैङ्कका कम्पनी सचिव प्रमोद कुमार दाहालका अनुसार ८.२५ प्रतिशत लाभांश दिने गरि अग्राधिकार शेयर जारी गर्न लागको हो ।

कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर भनिन्छ ।

अग्राधिकार शेयरधनीलाई बोनस दिएपछि मात्र अन्य साधारण लगानीकर्तालाई दिने गरिन्छ ।

एनएमबी बैङ्कले नेपाल राष्ट्रबैङ्क र अन्य नियामक निकायबाट अनुमति पाएपछि अग्राधिकार शेयर जारी गर्ने कम्पनी सचिव दाहालले जानकारी दिए ।