सांकेतिक तस्बिर

समाचार

पिकअपको ठक्करबाट व्यवसायीको मृत्यु

By खबरहब

September 01, 2024

रौतहट– मधेश काठमाडौं जोड्ने द्रुतमार्ग अन्तर्गत बाराको तामागढी सिम्रौनगढ सडक खण्डमा पर्ने पडरी चौकमा पिकअप भ्यानको ठक्करबाट रौतहटका एक जना व्यवसायीको मृत्यु भएको छ ।

सिम्रौनगढतर्फ जाँदै गरेको प्रदेश २–०१–४९२० नम्बरको पिकअप भ्यानले कोल्हवी बजारबाट साइकलमा तरकारी लिएर रौतहटतर्फ आउँदै गरेको मौलापुर नगरपालिका ८ सोनरनियाका ५५ बर्षिय अधिकारी यादवलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

ठक्कर दिने पिकअप भ्यानसहित सवार कोल्हवी १ का साजन चौधरी र प्रिन्स जयसवाललाई इलाका प्रहरी कार्यालय कोलहभिले नियन्त्रणमा लिएको छ ।

कोलहभिका सई लालु यादवले पक्राउ परेका दुवै जनाले एक अर्कामाथि गाडी चलाएको विवादास्पद बयान दिएको तथा थप अनुसन्धान भइरहेको बताएका छन् ।

मृतक यादवको शव प्रादेशिक अस्पताल कलैया पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।