समाचार

भारतका लागि प्रस्तावित राजदूत शर्माले पेस गरे आफ्ना कार्ययोजना

By खबरहब

September 01, 2024

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल–भारत आर्थिक सहयोग र विकासमा भएको अभिवृद्धिलाई अगाडी बढाउन प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा संसदीय सुनुवाइ समितिमा कार्य योजना पेश गर्दै शर्माले क्रस बोर्डर, पूर्वाधार, वित्तीय कनेक्टिभिटी र भारतबाट नेपाल आउन लगानी वृद्धिमा भएको प्रवाहको गतिलाई निरन्तरता दिन आवश्यक भूमिका निर्वाह गर्ने समेत बताए ।

उनले द्विपक्षीय सम्बन्धलाई सम्बोधन र सुधार गर्न विद्यमान करिब तीन दर्जन सरकारी स्तरका द्विपक्षीय संयन्त्रहरूको बैठक छिटो गर्ने प्रयास गर्ने समेत बताए ।

नयाँ दिल्लीमा गैरआवसीय दूतावास भएका १३० वटाभन्दा बढी देशहरूसँगको साझेदारलाई बढवा दिने उनको भनाइ छ । त्यस्तै अन्य दुई पक्षीय संयन्त्रको बैठकलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

समिति सदस्यहरूको प्रश्नमा शर्माले आफूलाई पुन भारतीय राजदूतमा प्रस्ताव गरेको विषयको जवाफ आफूसँग नभई सरकारले जवाफ दिनुपर्ने बताए ।