जीवनशैली

भोलि बुबाको मुख हेर्ने दिन तपाईँलाई काम लाग्ने ३५ स्ट्याटस

By खबरहब

September 01, 2024

काठमाडौं– बुवा सबैका आर्दशका पात्र । तिनै आदर्श पुरुष बुबाको मुख हेर्ने दिन आफ्ना जन्म, कर्म दिने पितालाई सम्मान अर्पण गरिन्छ । नेपालमा कुशे औँसी सनातन हिन्दु परम्परामा अनुसार भाद्र महिनाको अमावस्या अर्थात् औँसी तिथिका दिन बुवाको मुख हेर्ने दिन मनाइन्छ ।

बुबालाई सम्मान गर्ने गरी सामाजिक सञ्जालमा भेटिएका केही स्ट्याटस यहाँ तपाईँसँग शेयर गरेका छौँ । जुन तपाईँलाई शुभकामना आदानप्रदानका लागि सहयोगी बन्नेछन् :

१. सबैले भन्छन् म आमा जस्ती देखिन्छु रे, साँचो हो, तर म त हुँ बाबाकी प्यारी छोरी । २. चाहे जति अलार्म लगाओ, बिहान उठ्न बुवाकै आवाज काफी हुन्छ । ३. हरेक अपराध र गल्तीलाई माफ गर्ने मात्र एक व्यक्ति हुन्छ, बुवा । ४. म यहाँसम्म पुग्नुमा हरदिन मेरो बुवाको मेहनत छ । ५. मेरो हिम्मत र मेरो कमजोरी दुवै हजुर नै हो बुवा । ६. जसको रिसमा स्नेह र गालीमा आफ्नोपन हुन्छ, उहाँलाई नै बुवा भनिन्छ । ७. एक हस्ती जो मान हो मेरो, मेरो बुवा पहिचान हो मेरो । ८. पिता बन्नु पिता हुनु भन्दा सजिलो छ । ९. तपाईँको ओठमा हाँसो कमाएको दिन म धनी हुनेछु, बुवा । १०. हरेक छोरी हुनेवाला पतिमा आफ्नो बुवाको स्वभाव खोज्छिन्, थाहा छ किन ? किनकि गाली गरेपछि पनि बुवा छोरीलाई हँसाउन जान्दछन् । ११. मेरो जन्मदाता, मेरो संरक्षक र मेरो सच्चा समर्थक मेरो बुवालाई धेरै धेरै शुभकामना । १२. हरेक सफल छोरीका पछाडि एक पिताको हात हुन्छ । १३. दुखी हुँदा बुवाहरू रुँदैनन्, त्यसैले बुवाहरू हर्टअट्याकले बित्ने गर्दछन् । १४. बुवा निमका रुख झैँ हुन्, जो तितो भए पनि लाभदायक हुन्छन् । १५. पिता बाहेक अरु कसैले तपाई उ भन्दा सफल हुनुहोस् भने चाहँदैन । १६. म तपाईँको नामबाट मात्र पूर्ण छु, बुवा । यो नै मेरो शान हो । १७. तपाईँको कठोरता भित्रको वास्तविकता बुझ्न सकिन, सरी बुवा । १८. सायद तपाई भएको भए, यो बेला म संसारको धनी मानिस हुने थिए । बुवा । १९. बाल्यकालमा मलाई बुवाभन्दा साँझ प्यारो लाग्थ्यो, बुवा खेलौना ल्याउनुहुन्थ्यो अनि साँझ मेरो बुवालाई घर फर्काउँथ्यो । २०. विश्वका सबैभन्दा धनी मानिस पनि आमाबुवा बिना, गरिब हुने गर्दछ । २१. हर सफल मानिसको पहिचान पनि उसको पिताबाट बनेको हुन्छ । २२. सपना मेरा थिए, तर पुरा बुवाले गर्नुभयो, बाटो म हिँड्दथे तर बाटो बुवाले देखाउनु भयो । २३. बुवा मेरो त्यो घमन्ड हो जो कसैले तोड्न सक्दैन । २४. इच्छा त बुवाको कमाइले पुरा गरिन्थ्यो, आफ्नो कमाइले त गुजारा मात्र हुन्छ । २५. मेरो साहस, मेरो इज्जत, मेरो सम्मान हो, बुवा । २६. मेरो शक्ति, मेरो पुँजी, मेरो पहिचान हो बुवा । २७. जिन्दगी जिउनुको मजा त, तपाईँसँग सिक्का मागेर खर्चिनुमा हुन्थ्यो । आफ्नो कमाई त आवश्यकता टाल्दा टाल्दै सकिन्छ । २८. म त्यो दिनको पर्खाइमा छु, जुन दिन म तपाई जस्तो बन्न सक्छु, बुवा । २९. बुवालाई म के उपहार दिऊ, जन्मदाता उपहार दिने हैसियत मसँग छैन । ३०. तपाईँको रिस देखेर म सानोमा डराउँथे बुवा, सायद मैले बुझिन त्यो तपाईँको प्रेम थियो । ३१. एक बुवा सय सन्तानका पालनहार बन्न सक्छन्, तर सय सन्तान एक पिताको पालनकर्ता बन्न सक्दैनन् । ३२. जब बुवा सन्तानलाई केही दिन्छन्, तब दुवै हाँस्दछन् । तर जब सन्तान बुवालाई केही दिन्छन्, तब दुवै रुन्छन् । ३३. घरबाट माइती फर्कँदा छोरी हासेको हेर्ने हरेक बुवाको इच्छा हुने गर्दछ । ३४. एक पितालाई उमेर ढल्कँदै गएपछि सन्तान झैँ प्यारो अरु कोही हुँदैन । ३५. थाकेको शरीर बोकेर पनि काममा जाने मेरो बुवालाई हार्दिक नमन ।-समाजिक सञ्जालको सहयाेगमा