फाइल फोटो

आर्थिक

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

October 01, 2024

काठमाडौं– मंगलबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।