आर्थिक

नेप्से परिसूचक २६०० विन्दुमा 

By खबरहब

October 01, 2024

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २६०० विन्दु पार गरेको छ । 

यो समाचार तयार बनाउँदासम्म नेप्से परिसूचक २६०० विन्दुमा पुगेको हो । 

समाचार तयार गर्दासम्ममा ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको ९८ लाख ३८ हजार बढी कित्ता शेयर कारोबार भएको छ । 

१ बजेर २६ मिनेटसम्म २३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । उक्त समयमा कुनै पनि कम्पनीको मूल्य स्थिर भने छैन ।