आर्थिक

मंगलबार १०० अंकले बढ्यो नेप्से 

By खबरहब

October 01, 2024

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अंकले बढेको छ । 

यो समाचार तयार बनाउँदासम्म नेप्से १०० अंकले बढेर परिसूचक २६०९ विन्दुमा पुगेको छ । 

समाचार तयार गर्दासम्ममा ५ अर्ब ५२ करोड १८ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख बढी कित्ता शेयर कारोबार भएको छ । 

२ बजेर १० मिनेटसम्म २३८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । उक्त समयमा १ वटा कम्पनीको मूल्य स्थिर छ ।