समाचार

राजेन्द्र लिङ्देनको टिप्पणी – विपदको क्षति न्यूनिकरणमा सरकार चुक्यो

By खबरहब

October 01, 2024

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विपद व्यवस्थापनमा सरकार चुकेको र फेल भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले मौसमविद्को रेड अलर्ट बाट विपदलाई पुरै रोक्न नसकिने भएपनि क्षति न्यून गर्न भने अवश्य सकिने थियो भन्दै यसमा सरकार फेल भएको बताएका छन् ।

उनले भनेका छन्, ‘मौसमविदको रेड अलर्ट बाट विपद्लाई पुरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो । सरकार चुकेकै हो फेल भएकै हो । यो विपदको बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति झन आपत्तिजनक छन् ।’