फाइल तस्वीर

समाचार

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले ७ दिनको पारिश्रमिक सहयोग गर्ने

By खबरहब

October 01, 2024

काठमाडौं– निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले सरकारको राहत कोषमा सात दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

आयोगले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोमा परी दिवङ्गत भएका सम्पूर्ण व्यक्तिहरुप्रति आयोग श्रद्धाञ्जली व्यक्त गर्दै बाढी पहिरोबाट पुग्न गएको अकल्पनीय क्षतिबाट पीडितहरूलाई राहत प्रदान गर्न सहयोग पुऱ्याउनका लागि आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको ७ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएको छ । 

यसैगरी आयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरूलाई स्वेच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत भएको छ ।