काठमाडौं– तिहार पर्वलाई लक्षित गरेर काठमाडौंको मासाङ गल्लीमा स्थानीय फूलमाला बेचिँदैछ ।
तिहार पर्व विशेष गरी फूलै फूलको पर्व पनि हो । सरकारले प्लास्टिकका मालालाई प्रतिबन्ध लगाएसँग कृषक व्यापारीहरू खुसीसाथ आफ्ना उत्पादन बिक्रिमा लागका छन् ।
फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष मखमली र गोदावरी नेपालमै प्रशस्तै मात्रामा उत्पादन भएको छ ।
एसोसिएसनका अध्यक्ष दिलीप बादेलेका अनुसार यस वर्ष गत वर्षको भन्दा यस वर्ष ५० हजार बढी माला निर्यात हुन लागेको छ । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो ।
उनले निर्यात हुने माला विशेष गरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा समेत निर्यातका माग भएको बताए ।
हेर्नुहोस् तस्बिरहरु :