तस्वीर : विकिपीडिया

जीवनशैली

घरमा अग्ला पहाड तथा हिमालका तस्बिर किन राख्ने ?

By खबरहब

January 02, 2024

काठमाडौं – हामी धेरैले घर तथा कार्यालयहरुमा अग्ला पहाड तथा हिमालका तस्बिर राखेको देखेका छौँ ।

यस्ता तस्बिरले भित्तामा राख्दा कोठाको सुन्दरता बढाउने गर्दछ । तर, यसले कोठाको सुन्दरता मात्र बढाउने नभएर आत्मबल बढाउनमा पनि मद्दत गर्दछ ।

आज हामी घरका भित्तामा अग्लाअग्ला पहाड तथा हिमालका तस्बिर राख्दा कस्तो फल मिल्छ भन्ने बारेमा चर्चा गर्नेछौँ ।

वास्तुशास्त्र अनुसार घरमा अग्लाअग्ला हिमालका तस्बिरहरू राख्दा मानिसको आत्मविश्वास र मनोबल बढ्छ ।

यस्ता तस्बिरले जीवनमा सदैव सकारात्मक उर्जा ल्याउने मान्यता छ । हिमाललाई गौरवका रुपमा पनि मान्ने गरिन्छ ।

हिमाल पहाडका तस्बिरमा उडिरहेका चरा पनि राख्ने गरेको पाइन्छ । यस्तो तस्बिरले पनि मानिसको जीवनमा सकारात्मकता र हौसला प्रदान गर्ने गर्दछ ।