काठमाडौं– नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी कार्यक्रमको समीक्षा गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी भदौ १६ गतेदेखि थालिएको ‘जनतासँग माओवादी’ तीन महिने अभियानको जानकारी गराएको हो ।
माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले यो अभियानले पार्टीमा उत्साह ल्याएको बताएका छन् । उनले भने, ‘तीन महिने अभियानले कार्यकर्तामा जागृति आएको छ। जनतामा आशा पलाएको छ। यो अभियानले चुनावका बेला मात्रै होइन, अरू बेला पनि माओवादी आउँदा रहेछन् भन्ने भएको छ । पार्टीबाट पलायन हुने कुरा रोकिएको छ। पार्टी प्रवेशको क्रम पनि बढेको बताएका छन् ।’
उनले जनता माओवादीतर्फ फर्किएको बताए । ‘अभियानले पार्टी एक भएको छ, नयाँ आशा र उत्साह देखिएको छ। जनता हामीतिर फर्किएका छन् । जनताका गुनासा र आशा छन् तर यसलाई निरन्तरता दिनुपर्ने माग पनि गरेका छन्।’
उनले जनताले माओवादीलाई भ्रष्टाचार विरोधी अभियान गम्भीरतापूर्वक चलाउन पहल गर्न भनेको समेत बताए ।
यो पनि हेनुहोस्…..