ब्रेकिङ स्टोरी

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोको विषयमा धरानमा पाँच दल र हर्कबीच छलफल  

By खबरहब

January 02, 2024

काठमाडौँ– धरान उपमहानगरपालिकाकामा नेताहरू राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर पुगेका छन् । त्यसपछि अहिले पाँच दल र हर्क साम्पाङबीच छलफल भइरहेको छ । 

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका नेता कार्यकर्ताहरू मंगलबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेका थिए ।  

धरान उपमहानगरका मेयर हर्क साम्पाङले १२ गते संघीय सरकारले असहयोग गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका थिए 

कुनै घटना हुन नदिन  उपमहानगरको मूल गेटमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । साम्पाङको कार्यकक्षमा अहिले पाँच दल र साम्पाङ बसेर छलफल भइरहेको पुष्टि साम्पाङको सचिवालयका सदस्य सुदर्शन लिम्बुले बताएका छन्  ।

मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको तस्बिर राखेका छन् ।

मेयरले २० पुसमा मनाउने धरान डे मा प्रधानमन्त्री आउनुपर्ने माग राखेका छन् । यसो नभए उनले राखेको अडान कायम हुने बताइएको छ । दलहरु यो कुरा मिलाउँन तयार देखिएका छन् ।