तस्विर रोयटर्स

अन्तर्राष्ट्रिय

जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो 

By खबरहब

January 02, 2024

टोकियो– मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ। प्रधानमन्त्री किशिदा फुमियोले मंगलबार पत्रकार सम्मेलनमा सो अपडेट गराएका हुन् । 

‘प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ,’ एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

सोमबारदेखि जापानमा कम्तिमा एक सय ५५ वटा भूकम्पका धक्का अनुभव गरिएको छ ।