अपराध

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  

By खबरहब

January 02, 2024

काठमाडौं-  रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै बेराेजगार युवाहरूबाट १० करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका- १ बस्ने ४७ वर्षीय श्री स्टार ट्रेनिङ सेन्टरका सञ्चालक लाल बहादुर लामा रहेका छन् ।

लामाले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा समेतलाई वैदेशिक रोजगारीका लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी काठमाडौंकाे महाराजगंजमा एसइई स्टार ट्रेनिङ सेन्टर खोली बेराेजगार युवाहरूबाट ५ लाख देखि १५ लाख सम्म लिएर वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको आरोपमा उनलाई सोमबार शंखमुलबाट पक्राउ गरेको हो ।

पक्राउ पछि प्रारम्भिक अनुसन्धान गर्दा उनले धेरै बेराेजगार युवाहरूबाट १० करोड भन्दा बढी रकम उठाएको र ट्रेनिङ सेन्टरबाट ९९७ राहदानी बरामद भएको उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।