राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै

By खबरहब

February 02, 2024

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । 

संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका तथा आगामी रणनीतिका बारेमा विषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।

संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै छ ।