समाचार

राप्रपा नेपालले लघुबित्त र सहकारीका समस्याबारे अन्तरक्रिया गर्ने

By खबरहब

February 02, 2024

काठमाडौं– राप्रपा नेपालको सहकारी विभागले ‘लघुवित्त तथा सहकारी क्षेत्रका समस्या, चुनौती र समाधानका उपाय’ विषयमा आज अन्तरक्रिया कार्यक्रम गर्ने भएको  छ ।

लाखौ मानिसहरूसँग जोडिएको अत्यन्तै जल्दोबल्दो विषय र पछिल्लो समय संकटग्रस्त क्षेत्रको रुपमा रहेको विषयलाई उठान गर्नुपर्ने आवश्यकता रहेकोले कार्यक्रम आयोजना गरिएको विभागका प्रमुख तथा राप्रपा नेपालका नेता राजकुमार खड्काले जानकारी दिए ।

कार्यक्रममा सम्बन्धित विषयका विज्ञ , सहकारी लघुवित्त आबद्ध ब्यक्तिहरू, पीडितहरू, सञ्चारकर्मी तथा यस विषयलाई नजिकबाट हेरिरहेका ब्यक्तिहरूको सहभागिता रहने कार्यक्रम तयारी समितिका सदस्य सचिव महेश बहादुर सिंहले जानकारी दिए ।