खेलकुद

सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्धित

By खबरहब

February 02, 2024

काठमाडौं– नेपाली फरवार्ड सावित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजनको क्लबमा अनुबन्धित भएकी छिन् ।

साम्बा नामले एसियाली फुटबलमा परिचित सावित्रालाई फ्रान्सेली शीर्ष डिभिजनको क्लब अन अभान्ट गिन्गेम्पले अनुबन्ध गरेको हो । 

क्लबले उनलाई सामाजिक सञ्जालमार्फत बिहीबार राति सार्वजनिक गरेको छ । युरोपेली क्लब फुटबलको शीर्ष डिभिजनको लिग खेल्ने सावित्रा पहिलो खेलाडी खेलाडी हुन् । 

उनले यसअघि युरोपेली लिगको रुपमा इजरायलबाट व्यवसायीक यात्रा सुरु गरेकी थिइन् ।