देश/प्रदेश

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

By खबरहब

February 02, 2024

हेटौँडा– मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । 

मनहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि बिहीबार राति ना७ख १७९६ नम्बरको ट्रकले बागमती प्र.०६ ००१ प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।