बलिउड/हलिउड

भारतीय अभिनेत्री पुनम पाण्डेको निधन

By खबरहब

February 02, 2024

काठमाडौं- भारतीय अभिनेत्री पुनम पाण्डेको निधन भएको छ । पाठेघरको मुखको क्यान्सरबाट पीडित पाण्डेको ३२ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

सामाजिक सञ्जालमार्फत् पुनमको निधन भएको जानकारी दिइएको हो । सामाजिक सञ्जालमा गरिएको पोस्टमा पुनमको गोपनियताको ख्याल गर्नसमेत आह्वान गरिएको छ ।

सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी पुनमले ‘जीएसटी’ र ‘जर्नी अफ कर्मा’ जस्ता फिल्ममा अभिनय गरेकी छिन् ।