सांकेतिक तस्बिर

देश/प्रदेश

दाङ र कैलालीमा जलेर दुई महिलाको मृत्यु

By खबरहब

February 02, 2024

काठमाडौं- दाङ र कैलालीमा जलेर दुई महिलाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरी र कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

खाना पकाउने क्रममा जलेर लक्ष्मीको मृत्यु भएको हो भने देवकीको घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर ज्यान गएको हो ।

लक्ष्मीको बिहीबार राति खाना पकाउने क्रममा कपडामा आगो सल्किएको कारण जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गत ९ माघमा घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर घाइते भएकी न्यौपानेको बिहीबार मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखेर एक साता उपचार गरिए पनि उनको बिहीबार घरमै मृत्यु भएको प्रहरीको भनाइ छ ।