राजनीति

एमालेले डाक्यो संसदीय दलको बैठक

By खबरहब

February 02, 2024

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ ।

एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुई दिन बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिकाका विषयमा छलफल हुने एमालेले जनाएको छ ।