क्रिकेट

यू १९ विश्वकपमा भारतले गुमायो दोस्रो विकेट

By खबरहब

February 02, 2024

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले अहिले भारतको सामना गरिरहेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर भारतले अहिले ब्याटिङ गरिरहेको छ । जारी खेलमा भारतले दोस्रो विकेट गुमाएको छ ।

१३ ओभर ५ बलमा भारतका प्रियांशु मोलिया रन आउट भएका हुन् । उनले ३६ बलमा १९ रन जोडे ।