क्रिकेट

भारतका शरन र दासको साझेदारी तोड्न नसक्दा नेपाली बलर दबाबमा

By खबरहब

February 02, 2024

काठमाडौं – दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा भारतले नेपालविरुद्ध सम्हालिएर ब्याटिङ गरेको छ । लगातर तीन विकेट जाँदा दबाबमा देखिएको भारतका लागि कप्तान उदय शरन र सतिस दासले उत्कृष्ट साझेदारी गरेर खेलिरहेका छन् ।

सतिस दासले ५१ बलमा ५३ रन बनाउँदै अर्धशतक प्रहार गर्दा शरनले २७ रन बनाएर खेलिरहेका छन् । उनीहरुबीच ८९ बलमा ८१ रनको साझेदारी बनेको छ । यी दुई खेलाडीको साझेदारी तोड्न नसक्दा नेपाली बलर दबाबमा परेका छन् ।

टस जितेर भारतले पहिला ब्याटिङ रोजेपछिे बलिङ गरिरहेको नेपालका आकाश चन्दले तेस्रो विकेट लिएक थिए । यसअघि नेपाललाई गुलसन झाले पहिलो सफलता दिलाएका थिए भने भारतको दोस्रो विकेट रटआउट भएको थियो ।