क्रिकेट

भारत बलियो योगफलतर्फ उन्मुख

By खबरहब

February 02, 2024

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले अहिले भारतको सामना गरिरहेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर भारतले अहिले ब्याटिङ गरिरहेको छ । जारी खेलमा भारत बलियो योगफलतर्फ उन्मुख भएको छ ।

खेलको ४० औँ ओभर सकिँदासम्म भारतले तीन विकेटको क्षतिमा २१६ रन बनाएको छ । क्रिजमा रहेका उदय शरणले ६५ तथा सचित दासले ८७ रन जोडेका छन् ।

नेपालका लागि आकाश चन्द र गुल्शन झाले समान एक विकेट लिएका छन् ।