क्रिकेट

दुई ब्याटरले शतक हानेपछि यू १९ विश्वकपमा भारतले नेपाललाई दियो २ सय ९८ रनको लक्ष्य

By खबरहब

February 02, 2024

काठमाडौं- दुई ब्याटरले शतकीय पारी खेलेपछि आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा भारतले नेपालसमक्ष २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनायो । भारतका लागि सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय पारी खेले ।

१ सय १ बलको सामना गरेका उनले ११ चौका र ३ छक्का प्रहार गरे । त्यसैगरी, भारतका अर्का ब्याटर उदय शरणले पनि शतकीय पारी खेल्दै १ सय रन जोडे । १ सय ७ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे ।

नेपालका गुल्शन झाले ३ र आकाश चन्दले १ विकेट लिए ।