क्रिकेट

नेपालले गुमायो पहिलो विकेट

By खबरहब

February 02, 2024

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको खेलमा नेपालले अहिले भारतको सामना गरिरहेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फेन्टाइनमा जारी खेलमा नेपालले अहिले भारतले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याइरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन जोडेपछि नेपालले २ सय ९८ रनको लक्ष्य पाएको हो ।

खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर दीपक बोहोरा २२ रन बनाएर आउट भएका छन् । खेलको १३ ओभर २ बलमा बोहोरालाई भारतका राज लिम्बानीले आउट गरेका हुन् ।

४२ बलको सामना गरेका बोहोराले तीन चौका प्रहार गरे । यसअघि मौसम खराब भएसँगै दोस्रो इनिङ केही ढिला गरी सुरु भएको थियो ।