ब्रेकिङ स्टोरी

भारतविरुद्ध नेपालको खराब ब्याटिङ

By खबरहब

February 02, 2024

काठमाडौं – आईसीसी यू- १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको खेलमा भारतको सामान गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ ।

ताजा अवस्थामा नेपालले ३० ओभरको खेल सकिँदा ७ विकेट गुमाएर मात्र ९३ रन बनाएको छ । देव खनाल २५ बलमा १९ रन बनाएर क्रिजमा छन् । उनलाई सुवास भण्डारीले साथ दिइरहेका छन् ।

भारतविरुद्ध अर्जुन कुमाल २६ रन तथा दीपक बोहोरा २२ रनमा आउट भए । त्यस्तै गुलशन झा र विशाल विक्रम केसी १ रनमा आउट भए । भने दीपेश कँडेल, दीपक डुम्रेले खाता खोल्न सकेनन् ।

यसअधि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन जोडेपछि नेपालले २ सय ९८ रनको लक्ष्य पाएको थियो ।

मौसम खराब भएसँगै दोस्रो इनिङ केही ढिला गरी सुरु भएको थियो ।