समाचार

सभामुख र प्रमुख सचेतकबीच छलफल

By खबरहब

February 02, 2024

काठमाडौं । संसद्को आउँदो हिउँदे अधिवेशनका सन्दर्भमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच आज छलफल भएको छ ।

सिंहदबारस्थित संसद् सचिवालयमा भएको छलफलमा यही माघ २२ गतेदेखि हुने अधिवेशनलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा गृहकार्य भएको बैठकमा सहभागी नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जानकारी दिए।

उहाँले लामो समयदेखि थाँती रहेका विधेयकहरू निर्माण र जनसरोकारका विषयमा उचित सुनुवाइ हुनुपर्ने विषयमा आफूहरूले ध्यानाकर्षण गराएको बताए।

छलफलमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली काग्रेसका मुख्य सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) मुख्य सचेतक हितराज पाण्डेलगायत सहभागी थिए।