खेलकुद

साफ यु–१६ महिला फुटबल : आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

By खबरहब

March 02, 2024

काठमाडौँ– साफ यु–१६ महिला फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल  ललितपुरस्थित च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७–० गोल अन्तरले पराजित गर्दै विजयी गरेको छ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी छन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शिर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।

नेपाली टोली–

गोलरक्षक : रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान  र लक्ष्मी ओली ।

डिफेन्डर : दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो ।

मिडफिल्डर : भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ ।

स्ट्राइकर : पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु ।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा चक्र तामाङ छन् ।