खेलकुद

केपी ओली कप : उपाधिका लागि मछिन्द्र र एनआरटी भिड्दै

By खबरहब

March 02, 2024

काठमाडौँ– केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज मछिन्द्र क्लब र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे सुरु हुने प्रतियोगितामा दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने साही दिन मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।