समाचार

‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद क्षेत्रमा विकास भएको छ’

By खबरहब

March 02, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पछिल्लो समय शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा विकास भएको बताएका छन् ।

शनिबार काठमाडौंमा प्रथम सहिद स्मृति बागमती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता उद्घाटन गर्दै पुनले पञ्चायत र राजतन्त्रपछिको गणतन्त्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा विकास भएको बताए । 

तर जनताको आकांक्षा अनुसार भने अझै पनि विकास हुन नसकेको उनले बताए । उनले प्रधानमन्त्रीले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तीव्र रूपले देशको विकास गर्ने संकल्प गरेको अवस्थामा युवाहरूले साथ दिनुपर्ने धारणा राखे । उनले सबै प्रकारको खराब तत्वहरुबिरुद्ध सवै मिलेर लड्नुपर्ने जिकिर गरे ।

उनले खेल क्षेत्रलाई विकास गर्न सरकारले प्रयत्न गरिरहेको बताए ।