क्रिकेट

नेपालले हङकङमा त्रिकोणात्मक टी २० आई सिरिज खेल्ने

By खबरहब

March 02, 2024

काठमाडौं- नेपाली क्रिकेट टिमले हङकङमा त्रिकोणात्मक टी २० आई सिरिज खेल्ने भएको छ । क्रिकेट हङकङ चाइनाले शनिबार विज्ञप्ति जारी गर्दै हङकङ र नेपालसहित पपुवा न्युगिनीले त्रिकोणात्मक सिरिज खेल्न लागेको जानकारी दिएको हो ।

क्रिकेट हङकङ चाइनाले जारी गरेको विज्ञप्तिमा नेपालले हङकङसँग फ्रेन्डसिप कपअन्तर्गत आगामी मार्च ९ मा पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । त्यसैगरी, नेपालले १० मार्चमा हङकङविरुद्ध नै आफ्नो दोस्रो खेल खेल्नेछ ।

नेपालले मार्च १२ मा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ भने यस सिरिजको फाइनल मार्च १३ मा हुनेछ । हाल नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्स र नामिबियाविरुद्ध त्रिकोणात्मक सिरिज खेलिरहेको छ ।