खेलकुद

साफ यू–१६ महिला च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल पराजित

By खबरहब

March 02, 2024

काठमाडौं- काठमाडौंमा जारी साफ यू–१६ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो ।

बंगलादेशको जितमा सौरभी प्रितीले दुवै गोल गरिन् । खेलको २५ औं मिनेटमा उनले बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

त्यस्तै पेनाल्टीमार्फत ३१ औं मिनेटमा उनले बंगलादेशका लागि दोस्रो गोल गरिन् । अब नेपालले दोश्रो खेल फागुन २१ गते भुटानसँग खेल्ने छ ।

लिग चरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ । शीर्ष दुई टोलीले उपाधीका लागि प्रतिष्पर्धा गर्ने एन्फाले जनाएको छ ।