फाइल तस्वीर

अन्तर्राष्ट्रिय

जनवरीमा श्रीलङ्काको पर्यटन क्षेत्रको आम्दानी ४ वर्ष यताकै उच्च

By खबरहब

March 02, 2024

कोलम्बो- श्रीलङ्काको पर्यटन क्षेत्रले गत जनवरी महिनामा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी गरेको छ। श्रीलङ्काको केन्द्रीय बैंकले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार जनवरीमा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी भएको हो ।

केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले शुक्रबार जारी गरेको प्रतिवेदनमा जनवरी महिनामा मुलुकले पर्यटनबाट ३४२ मिलियन अमेरिकी डलर कमाएको जनाएको छ ।

उक्त आम्दानी सन् २०२० को जनवरीपछिको सबैभन्दा उच्च हो । आर्थिक मन्दीग्रस्त श्रीलङ्का पछिल्लो समयमा क्रमशः सुधारको दिशामा अगाडि बढेको छ भने पर्यटनका क्षेत्रमा पनि उल्लेख्य सुधार देखिएको छ ।