ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री खनाल र संयोजक विप्लवबीच भेटवार्ता

By खबरहब

March 02, 2024

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लव सीबीच भेटवार्ता भएको छ ।

समाजवादी मोर्चामा आबद्ध दलका तीन नेताहरुबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा समसामयिक राजनीति र आपसी हितका विषयमा कुराकानी भएको स्रोतले जानकारी गराएको छ । त्यसैगरी, आजै साँझ सम्मानित खनाल र समाजवादी मोर्चाको संयोजक नेत्रविक्रमचन्द विप्लव सीबीच खनाल निवास डल्लुमा बेग्लै भेटवार्ता भएको छ ।