प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा सम्पन्न निर्वाचनमा अनियमितता भएको भन्दै आन्दोलन

By खबरहब

March 02, 2024

इस्लामावाद- गत फेब्रुअरी ८ मा पाकिस्तानमा सम्पन्न निर्वाचनमा अनियमितता भएको भन्दै बलोचिस्तान प्रान्तको बार काउन्सिलले आन्दोलनको सुरु गरेको छ । बार काउन्सिलले कानुन व्यवसायीहरुको सम्मेलनको आयोजना गर्दै आन्दोलन थालेको हो ।

निर्वाचनको परिणामले संवैधानिक सर्वोच्चता कायम गर्न नसकेको र आन्दोलन सुरु गरिएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएअनुसार त्यसअघि हजारा र पश्तुन बहुल राजनीतिक दलका नेताहरुले पनि निर्वाचनमा भ्रष्टाचार र अनियमितता भएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएका थिए ।

निर्वाचन परिणामबाट बलोचिस्तान नेशनल पार्टी– मेङ्गल, पख्तुनख्वा मिली अवामी पार्टी, नेशनल पार्टी र हजारा डेमोक्र्याटिक पार्टीजस्ता राजनीतिक दलहरु सन्तुष्ट हुन नसकेको बताइएको छ ।