खेलकुद

सावित्राको गोलमा ग्वेंगाम्प विजयी

By खबरहब

March 02, 2024

काठमाडौं । फ्रान्सको शीर्ष डिभिजन लिगमा नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मेलित टोली एन अभान्ट ग्वेंगाम्पले महत्वपूर्ण जित दर्ता गरेको छ ।

ग्वेंगाम्पले लिलविरुद्ध २–० को जित दर्ता गर्दा सावित्रा र एन्टोनी स्टारोवाले एक/एक गोल गरे । ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी सावित्राले इन्ज्युरी समयमा गोल गरेकी हुन् । लिगमा सावित्राको यो पहिलो गोल हो ।

त्यसअघि एन्टोनीले खेलको ५२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । जितसँगै ग्वेंगाम्प अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

तस्बिर : एन अभान्ट ग्वेंगाम्प