समाचार

शालीनको मृत्युबारे गम्भीर छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

By खबरहब

March 02, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शालीन पोखरेलको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्न निर्देशन दिएका छन् ।

चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलको कोठामा मृत भेटिएकी शालिनको हत्या कि आत्माहत्या भन्ने विषयमा छानबिन चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

साथै प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध रहेको समेत उल्लेख गरेका छन् ।

प्रचण्डले सामाजिक सञ्जालमा लेखका छन्, ‘होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्युले मलाई गम्भीर र दुखी तुल्याएको छ। घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु। घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ।’