फाइल तस्वीर

राजनीति

समाजवादी मोर्चाकाे आज काठमाडौँमा अन्तरक्रिया

By खबरहब

April 02, 2024

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले आज वृहत अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

समाजवादी मोर्चाले दिउँसो १ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे’ शीर्षकमा अन्तरक्रिया गर्न लागेको हो ।

समाजवादी मोर्चा सचिवालय बैठकको निर्णय अनुमोदन भएसँगै सो कार्यक्रम टुंगो लागेको नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माले जानकारी दिए ।

मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी छन्।

चक्रीय प्रणाली अनुसार अहिले मोर्चाको नेतृत्व नेकपाका महासचिव विप्लवले गरिरहेका छन् ।