तस्बिर एपी

अन्तर्राष्ट्रिय

रूसी क्षेत्रमा ड्रोन आक्रमण

By खबरहब

April 02, 2024

मस्को– युक्रेनबाट एक हजार १०० किलोमिटर भन्दा बढी दूरीमा रहेको तातारस्तानमा रहेको कारखानामा ड्रोन आक्रमण भएको रूसले जनाएको छ ।

तातारका नेता रुस्तम मिन्निखानोभको सञ्चार शाखाले टेलिग्रामलाई दिएको जानकारीअनुसार ‘तातारस्तानमा येलाबुगा र निज्नेकम्स्कस्थित कारखानामा ड्रोन आक्रमण भएको’ हो ।

विज्ञप्तिमा भनिएको छ,’आक्रमणबाट गम्भीर क्षति भएको छैन र कारखानाको काम प्रभावित भएको छैन तर येलाबुगामा मानिसहरू घाइते भएका छन् ।’

रूसको विशेष आर्थिक क्षेत्र मानिने येलाबुगा नजिकै रासायनिक र मेकानिकल इन्जिनियरिङ र धातुजन्य सामान उत्पादन गर्ने कारखानाहरू छन् भने निज्नेकम्स्कमा पेट्रोल उत्पादन गर्ने कारखाना रहेको छ । 

अलाबुगा विशेष आर्थिक क्षेत्रमा एउटा घरमा दुईवटा ड्रोन प्रहार हुँदा दुई जना घाइते भएको स्थानीय प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।