सांकेतिक तस्वीर

समाचार

पर्वतमा एक दम्पती मृतावस्थामा फेला

By खबरहब

April 02, 2024

पर्वत– पर्वतको जलजला गाउँपालिका–२  मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । 

स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान-श्रीमती नै मृतावस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए । 

स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए। 

जलजला गाउँपालिका–२ का वडाअध्यक्ष प्रकाश जिसीले घरभित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पतीको शव बिहान ९ बजे भेटिएको जानकारी दिए । दुवै जना रगताम्य अवस्थामा भेटिएका थिए । 

उनका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आएका थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।