सांकेतिक तस्बिर

समाचार

डेढ किलो चरेससहित दुई जना पक्राउ

By खबरहब

April 02, 2024

कञ्चनपुर– कञ्चनपुरमा डेढ किलो लागूऔषध (चरेस) सहित दुई जना पक्राउ परेका छन्।

मंगलबार जिल्लाको भीमदत्त नगरपालिका–४ को होटल शिव शक्तिबाट चरेससहित दुई जना पक्राउ परेका हुन्।

वरिष्ठ सई केशव जोशी नेतृत्वको लागुऔषध व्युरो महेन्द्रनगरको टोलीले बझाङका केदारस्यु गाउँपालिका–६ का ३४ वर्षीय गोविन्दबहादुर धामी र रुकुम सानीभेरी गाउँपालिका–३ का ३४ वर्षीय गोपाल पुनलाई पक्राउ गरेको हो। 

किलो ६ सय २४ ग्राम चरेससहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।