मनोरञ्जन

‘पुष्पाः द रुल’ को पोस्टर सार्वजनिक

By खबरहब

April 02, 2024

काठमाडौं– दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द रुल’को पोस्टरसँगै टिजर सार्वजनिक मिति घोषणा गरिएको छ । 

दर्शकहरुको तीव्र प्रतिक्षाको फाइदा उठाउँदै टिजर सार्वजनिकको विषयलाई समेत निर्माण पक्षले महत्व दिएको छ । 

निर्माण पक्षले मंगलबार नयाँ पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा लोग्ने मान्छेको खुट्टामा पाउजु लगाएको देख्न सकिन्छ । धेरैले यो खुट्टा ‘पुष्पा’को भन्ने अनुमान गरेका छन् । यो पोस्टर सार्वजनिक भएसँगै फिल्मबारे पुन: चर्चा चुलिएको छ । 

त्यस्तै टिजर अल्लु अर्जुनको ४२ औं जन्मदिनको अवसर पारेर सार्वजनिक गर्ने घोषणा गरिएको छ । अप्रिल ८ मा अल्लु ४२ वर्ष पुग्दैछन् । उनको जन्मदिनलाई विशेष बनाउन दोस्रो टिजर सार्वजनिक गर्न लागेको बुझिएको छ  ।

सुपरहिट सावित भएको ‘पुष्पा’को दोस्रो भाग  ‘पुष्पाः द रुल’ आगामी अगस्टबाट प्रदर्शनमा आउने बुझिएको छ ।