गेट्टी इमेज

जीवनशैली

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

By खबरहब

May 02, 2024

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन कल्पना गर्न सम्म सकिँदैन । तसर्थ हामीले बेलाबेलामा पानी पिइरहनु पर्दछ । तर कतिसम्म र कसरी पानी खाने ?

आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन ३ लिटर र ठूलो ज्यान भएकाहरूले ४ लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ ।

निम्न अवस्थामा पानी खानु हुँदैन–

– कतै बाहिरबाट हिँडेर आउनासाथ – कुनै काम गर्दा बेस्कन थाकेको बेला – कुनै व्यायाम वा खेलपछि असिनपसिन भएको बेला – कुनै पनि कडा शारीरिक श्रम गरेर आउनसाथ – ओच्छ्यानमा पल्टिएको बेला – दिसा वा पिसाब गरेर आउनासाथ – दूध खाइरहेको बेलामा – चिया खादैँ गरेको बेलामा – चना खाइरहेको बेलामा – कुनै पनि भोजन गरिरहेको बेला – भोजन गरी सक्ने बित्तिकै – व्रत सकिनासाथ एकै पटक धेरै पानी नपिउने

माथि उल्लेखित अवस्थामा बिर्सेर पनि पानी पिउनु हुदैँन । यसको साटा ति काम गरेको केहि समयपछि र व्रत सकिनासाथ थोरै पानी पिउने र बिस्तारै मात्रा बढाउँदै लानु पर्दछ ।